काठमाडौं / दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्यूगिनीलाई २ सय ७९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो ।
नेपालका दिपेन्द्रले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । ऐरी नेपालको लागि एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने । देव खनालले ७२, रोहित पौडेलले ३५, भिम सार्कीले २६, कप्तान सन्दीप लामिछानेले अविजित २४ रन बनाए । सोमपाल कामी ३ रनमा अविजित रहे ।
पपुवा न्यूगिनीका अलेइ नाओले ३, नर्मन भानुवाले २ तथा चाड सपर र चार्ल्स अमिनीले समान १र१ विकेट लिए । पपुवा न्यूगिनीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।