काठमाडौँ  / दक्षिण अमेरिकी विश्वकप २०२२ को छनौट अन्तर्गत अर्जेन्टिनाले भेनेजुएलालाई पराजित गरेको छ । 

शनिबार बिहान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–० ले पराजित गरेको हो । 

OM Sai Pathibhara Hospital

खेलको ३४औं मिनेटमा रोड्रिगो डी पउलको पासलाई निकोलस गोन्जालेजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गरेको थियो। ७९औं मिनेटमा सब्सटिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका एन्जल डी मारियाले गोलरक्षक अघि बढेको मौकामा सानदार चिप गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए।

खेलमा तेस्रो गोल कप्तान लियोनेल मेसीको नाममा रह्यो । ८२औं मिनेटमा एन्जल डी मारियाकै पासमा कप्तान लियोनेल मेसीले सहज गोल गर्दै अर्जेन्टिनाको सहज जित पक्का गरेका थिए।

यो जितपछि दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको अर्जेन्टिना १६ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अर्जेन्टिनाले ११ जित र ५ बराबरीको नतिजा निकालेको छ। 

पराजित भेनेजुएला १७ खेलबाट १० अंक जोडेर पुछारमा रहेको छ। अर्जेन्टिनासँगै अपराजित रहेको ब्राजिल शीर्ष स्थानमा रहेको छ।