भद्रपुर / झापा आर्चरी संघले खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ  झापामा आजदेखि धनुकाण खेलको प्रशिक्षण सुरु  गरेको छ । नेपाल आर्चरी संघका राष्ट्रिय अध्यक्ष दिपकराज गुरुङको पहलमा तीन दिने प्रशिक्षण सुरु  गरेको हो । भद्रपुर ८ नं वडा अध्यक्ष गौरव सुब्बा मनोजको प्रमुख आतिथ्यमा मेची रङ्गशाला भद्रपुरमा आज भएको उद्घाटन कार्यक्रममाको झापा आर्चरी संघका सचिव दीप पौडेलले सहजीकरण गरेका थिए ।

अध्यक्ष कविन राईको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष शमशेर तामाङले स्वागत मन्तव्य राखेको साथै  राष्ट्रिय अध्यक्ष गुरुङले खेलको बारेमा जानकारी गराएका थिए । चैत्र १३ गतेसम्म सञ्चालन हुने तालिममा २० जना प्रशिक्षार्थी रहेको जनाइएको छ ।

२०७२ सालमै खेलको संगठन निर्माण भए पनि झापामा खेलाडी उत्पादनका लागि आवश्यक पूर्वाधार नहुँदा खेलाडी उत्पादन गर्न सकिएको थिएन झापा आर्चरी संघका अध्यक्ष कविन राईले भने संस्था गठन भए पनि कोभिड-१९ का कारण आर्चरी संघले कुनै गतिविधि गर्न सकेको थिएन तर अ तालिम दिलाएर भए पनि झापाबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं ।
नेपाल आर्चरी संघका राष्ट्रिय अध्यक्ष दिपकराज गुरुङले झापामा आर्चरी खेलको विकास र विस्तार गर्ने उद्देश्यले आफ्नो तर्फबाट तीन सेट धनुकाण उपलब्ध गराएका छन् ।
 

OM Sai Pathibhara Hospital