काठमाण्डौ / क्रिकेटर रोहितकुमार पौडेल एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी भएका छन् । एक दिवशिय क्रिकेटमा राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले कायम राखेको रेकर्ड भंग गर्दै पौडेलले नयाँ रेकर्ड बनाएका हुन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पपुवा न्यूगिनि विरुद्ध शुक्रबार भएको खेलमा रोहितले ९९ बलमा ७ चौका र २ छक्काको मद्धतले शतक पूरा गर्दै एक दिवशिय क्रिकेटमा नयाँ रेकर्ड बनाएका हुन् ।

OM Sai Pathibhara Hospital

एक दिवशिय क्रिकेटमा क्रिकेटर रोहित अघि पूर्व कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए । एक दिवशिय क्रिकेट ओडिआईमा शतक बनाउने उनी दोस्रो खेलाडी समेत बनेका छन् ।

एक दिवशिय क्रिकेटमा ज्ञानेन्द्रले १९ खेलबाट ४८० रन बनाएर आफ्नो नाममा बनाएको किर्तिमानलाई रोहीतले १६ खेलमा नै तोडेर आफ्नो नाममा नयाँ रेकर्ड कायम गर्न सफल भएका हुन् ।