झापा / भद्रपुर युवा परिवारले आयोजना गरेको प्रथम रात्रिकालीन वडा स्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि भद्रपुर –६ ले जितेको छ । 

भद्रपुर उच्च माविको खेल मैदानमा बुधबार राति भएको फाइनल खेलमा उपाधिका दाबेदार मानिएका वडा नम्बर ४ लाई २५–१७, २५–१९ को सोझो सेटमा हराउँदै वडा नम्बर ६ ले उपाधि जितेको हो ।  

OM Sai Pathibhara Hospital

उपाधि जितेको वडा नम्बर –६ ले ३५ हजार रुपैयाँ पाएको छ भने उपविजेता वडा नम्बर –४ ले २० हजार पाएको छ । 

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा –६ का हेमन्त विश्वकर्मा, वेस्ट स्पाइकर वडा –४ का भरत राजवंशी, वेस्ट वलकर वडा –५ का सञ्जय चौधरी, वेस्ट डिफेन्डर वडा –४ का बुद्धिमान राजवंशी र उदयमान खेलाडीतर्फ वडा –३ का अभि राजवंशी घोषित भए । उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो ।