बिर्तामोड / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र थाइल्यान्डबीचको खेल आज (बिहिवार) थाइल्यान्डमा हुँदैछ । नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाली समयअनुसार साँझ पौने ६ बजे थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो । थाइल्यान्डविरुद्ध दुई खेल खेल्दा नेपाल दुवैमा पराजित भएको थियो भने, यो पटक मैदानमा उत्रदा नेपाल घरेलु टोलीलाई कडा टक्कर दिने योजनामा रहेको छ।

OM Sai Pathibhara Hospital

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्याण्डसँग खेल्न लागेको हो ।

नेपालले १३ चैतमा थाइल्यान्डको चोनबुरी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेको थियो ।