• बिप्सा खरेल

बिर्तामोड /  झापामा पहिलो पटक प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता भएको छ । बिर्तामोड नगरपालिका  ५ न. वडा खेलकुद बिकास समितिको आयोजनामा बुधबार  प्रथम प्रदेशस्तरीय  ३×३ महिला तथा पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न भएको हो । 

  खेलकुद प्रतियोगिताको उद्घाटन  प्रमुख अतिथि १ न. प्रदेश पूर्व सामाजिक बिकास राज्य मन्त्री जसमाया गजमेरले गरेकी थिइन्। प्रतियोगिताको मुख्य आकर्षण नेपाल बास्केटबल टिमका राष्ट्रिय कप्तान सदिश प्रधान रहेका थिए । उनले खेलाडीहरूको मनोबल बढाउन उपस्थित भएको बताएका छन् ।  

OM Sai Pathibhara Hospital

५ न. वडा खेलकुद विकास समितीका अध्यक्ष  विशाल धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बास्केटबल लिगका अध्यक्ष नमित थापा ,   राष्ट्रियटिमका खेलाडी अरुण कार्की ,  बिर्तामोड नगर खेलकुद विकास समितीका अध्यक्ष टीका सङ्ग्रौला ,झापा बास्केटबल संघका अध्यक्ष प्रकाश लिङ्देन ,वार्ड न ५ का जनप्रतिनिधि डि आर कडरीया , लक्ष्मी बास्कोटा  लगायतको  उपस्तिथि रहेको थियो । 


प्रदेश न १ को विभिन्न जिल्ला सहभागी भएको प्रतियोगितामा पुरुष तर्फबाट धरानको हाम्रो कलेक्सन   प्रथम , टिम तरराह दोस्रो भएको छ । महिलातर्फको खेलमा टिम मेघा धरान प्रथम,टिम होस्ट झापा दोस्रो भएको छ ।  
खेलमा धरान मेघाले विर्तामोड महिला टिमलाई ९–६ र हाम्रो कलेक्सनलले तरहरालाई २१–१९ अंकको अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो । प्रथम हुने महिला टिमले नगद ५ हजार , मेडल र सर्टिफिकेट , दोश्रोले नगद ३ हजार , मेडल र सर्टिफिकेट पाएका छ्न । त्यसैगरी पुरुषतर्फबाट प्रथम टिमले नगद १५ हजार , मेडल र सर्टिफिकेट , दोश्रोले नगद १० हजार ,मेडल र सर्टिफिकेट पाएका छ्न । 
275701580_530571328410895_6836577124213703667_n (1)

प्रतियोगिताको उत्कृष्ट खेलाडी महिला तर्फ राष्ट्रिय खेलाडी आशा राई र पुरुष तर्फ हाम्रो कलेक्सनका हेमन्त राई घोषित भए । उनीहरुले ट्रफि र प्रमाणपत्र प्राप्त गरे । नेपाल बास्केटवल लिग एनविएलको समेत सहयोग रहेको प्रतियोगितामा महिला तर्फ ७ टिम र पुरुष तर्फ १२ टिमले सहभागिता जनाएको थियो ।
कार्यक्रममा रास्ट्रिय कप्तान सदिश प्रधान , नेपाल बास्केटबल लिगका अध्यक्ष नमित थापा र झापा बास्केटबल संघका अध्यक्ष प्रकाश लिङ्देनलाई सम्मान पत्रका साथ  सम्मान गरिएको थियो ।