काठमाडौँ / आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध टस हारेको छ ।

संयुक्त अरब इमिरेट्स (युएइ)को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्ने छ । पिएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

OM Sai Pathibhara Hospital

नेपाल पिएनजीलाई हराउँदै शृङ्खलामा सुखद् सुरुवात गर्न चाहन्छ । पिएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ ।

नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ ।

नेपालले यसअघि पिएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा पारेको छ ।

शृंखला अघि नेपालले श्रीलङ्कामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार व्यहोरेको छ ।

लिग-२ मा नेपालले आठ खेलमा आठ अङ्क जोडेर छैटौँ स्थानमा छ । अंकविहीन पिएनजी १३ खेल खेल्दै पुछारमा छ ।