एजेन्सी / अमेरिका र फ्रान्समा कोभिड –१९ को नयाँ भेरियन्ट डेल्टाक्रोनुको सक्रमण देखा परेको छ । 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार साइप्रसको एक ल्याबमा परिक्षण गर्दा नया भेरियन्ट डेल्टाक्रोन पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

डेल्टाक्रोनले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन् । गत मार्च ९ मा नेदरल्याण्ड्स र डेनमार्कमा पनि यही भेरियन्ट देखापरेको विश्व स्वास्थ्य सङ्गठनले उल्लेख गरेको थियो ।

हालसम्म दुई अमेरिकी नागरिकमा डेल्टाक्रोन संक्रमण देखिएको र अन्य धेरैमा योसँग मिल्दोजुल्दो लक्षण देखिएको स्काई न्युजले लेखेको छ ।

गत महिना बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले एक जना बेलायती नागरिकमा डेल्टा र ओमिक्रोन दुवैको लक्षण देखिएको बताएको थियो ।