काठमाडौँ / देशभर थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता मिश्राका अनुसार आइतबार थप ६५ जनामा संक्रमण पुष्टि भएको हो । 

७ हजार ९४७ जनाको कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमित थपिएका हुन् ।
६ हजार ३०६ जनाको पिसिआर र १ हजार ६४१ जनाको एन्टिजेन परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमित थपिएको मिश्राले बताइन् । योसँगै देशभर ४ हजार ९१७ जना सक्रिय संक्रमित छन् ।
आइतबार १९२ जना संक्रमित निको समेत भएका छन् । योसँगै पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ ।