एजेन्सी / स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदान एथ्लेटिकोले काडिजलाई २(१ अन्तरले पराजित गरेको थियो । उसको जितमा जोआओ फेलिक्सरोड्रीगो डे पौलले एक/एक गोल गरेका छन् । 

      OM Sai Pathibhara Hospital

      काडिजका लागि अल्भारो नेग्रेडोले सान्त्वना गोल गरेका थिए । खेलको ८८ मिनेटमा एथ्लेटिकोका जाभियर सेरोनाले रातो कार्डको सामना गरेका थिए  । २८ खेलबाट ५१ अङ्क बनाएको एथ्लेटिको शीर्ष तीनमा उक्लिएको छ । काडिज भने २८ खेलबाट २४ अङ्क सहित १८ औं स्थानमा छ ।