एजेन्सी / बार्सिलोना युरोपा लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा गालाटासारेसँग बराबरीमा रोकिएको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा बिहीबार राती भएको खेलमा टर्किस क्लब गालाटासारेले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको हो ।

बार्सिलोनाले गालाटासारेलाई दवावमा राखे पनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । बार्सिलोनाले गालाटासारेको पोस्टमा दर्जन बढी आक्रमण बुने पनि गोल गर्न सकेन ।

OM Sai Pathibhara Hospital

गालाटासारेका गोलरक्षक इनाकी पेनाले बार्सिलोनाको आक्रमणलाई विफल पारिदिए।  यो बराबरीसँगै दुवै टोलीको क्वार्टरफाइनल पुग्ने सम्भावना बराबर रहेको छ । अब दोस्रो लेग गालाटासारेको मैदानमा १७ मार्चमा हुनेछ। यो खेलको विजेता क्वार्टरफाइनलमा प्रवेश गर्नेछ ।