काठमाडौं / नेपालका पाँच जना युवा क्रिकेटरले भारतमा दुई साता प्रशिक्षण लिने भएका छन् । हाइ पर्फमेन्स क्याम्पमा सहभागी भएर प्रशिक्षण लिन नेपालका पाँच क्रिकेटर भारत जाने भएका हुन् ।

खेलाडी विकास कार्यक्रम अन्तर्गत हुने क्याम्प बेङ्लोरमा हुने भएको हो । भारत जानेमा ब्याट्सम्यान लोकेशबहादुर बम, तीव्र गतिका बलर गुलसनकुमार झा, अलराउन्डर कुशल मल्ल, ब्याट्सम्यान देव खनाल र अलराउन्डर मोहमद आदिल आलाम रहेका छन् ।

OM Sai Pathibhara Hospital

पाँचै जना क्रिकेटर आज राति भारततर्फ जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।