बिर्तामोड / पछिल्लो समय नेपालमा कोरोना संमणदर दर घट्दो क्रममा रहेको छ । आज देशभर ७७ जना कोरोना भाइरसका नयाँ संक्रमीत पुष्टि भएका छन् । 

५ हजार ६०७ पीसीआर परीक्षणमा ६२ र दुई हजार ३७४ एन्टिजेन परीक्षणमा १५ जना गरी ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८९ रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २ सय १२ रहेको छ ।