धादिङ / शिक्षक महासङ्घसँग गरेको सहमति कानुनअनुसार कार्यान्वयन गर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन् । धादिङको गङ्गाजमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दै शिक्षक महासंघ सँग गरेको सहमति संघीयता विरोधी नभएको मन्त्री पौडेलले बताएका हुन् ।

संविधान अनुसार अधिकार दिने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै आगामी वर्षदेखि एसईई प्रदेशलाई जिम्मा दिने तयारीमा रहेको समेत बताएका छन् । मन्त्री पौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको बताउँदै आगामी वर्षमा बजेटको आकार बढ्ने बताएका छन् भने शिक्षा सुधारका लागि समेत योजना बनाएको पौडेलले बताएका छन् ।