काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चात् अंगदान गर्न आग्रह गरेका छन् ।

विश्व मृगौला दिवसको अवसरमा बिहीवार विभिन्न सङ्घसंस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा भाग लिँदै मन्त्री खतिवडाले मृत्युपश्चात् अंगदान आग्रह गरेका हुन् ।

OM Sai Pathibhara Hospital

उनले पहिले मृगौला दान गर्न पाउने समुह साँघुरो भएको बताउँदै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताए । नाता पर्ने जति सबैले मृगौला दान गर्न सक्ने उनले बताए ।

मृगौला पीडितले आफूलाई मृगौला दिने, म्याच गर्ने मान्छेहरूको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरू उपचारबाट वञ्चित भएको देखिएको हो’ मन्त्री खतिवडाले भने, ‘अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मृगौला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौँ ।’

उनले नाता पर्ने जति सबैले मिर्गौला दिन पाउनले बताउँदै भने, ‘मृत्यु पश्चातको अंग दान गर्न सक्यौँ भने अझ मृगौला पीडितहरूले धेरै सुविधा पाउन सक्नुहुन्छ ।’ मृगौला प्रत्यारोपण गरेका व्यक्तिले चिन्तित भएर आफूलाई कमजोर बनाउनु नहुने उनको भनाइ छ ।