बिर्तामोड / रौतहटमा क्रिकेट हेर्न र व्यवस्थापनका लागि भन्दै दुई दिन सार्वजनिक बिदा दिइएको छ ।
विज्ञप्ति जारी गर्दै नगरपालिकाले प्रतियोगिता अन्तिम चरणमा पुगेको हुँदा कर्मचारीसमेत सहभागी र व्यवस्थापनमा जुट्नु परेकोले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
सार्वजनिक बिदा दिन जारी गरिएको विज्ञप्तिमा नगर प्रमुख सन्तोषकुमार मेहता र उपप्रमुख हुस्ने आराको हस्ताक्षरसमेत छ ।






































