एजेन्सी / रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा जर्मन क्लब बायर्न म्युनिखले सानदार जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बायर्नले प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा गएराति अष्ट्रियन क्लब साल्जवर्गमाथि ७–१ को सानदार जित निकालेको हो ।

पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको बायर्नले दोस्रो लेगमा एकपक्षीय जित निकाल्दै समग्रमा ८–२ को जितसहित च्याम्पियन्स लिगका अन्तिम आठमा पुगेको हो । घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नलाई जिताउन लेवान्डोस्कीले ह्याट्रिक गर्दा थोमस मुलरले दुई तथा सर्ज जिनाब्रीलिरोए सानेले समान एक/एक गोल गरेका थिए ।
 
साल्जवर्गका मौरिट्स काएरगार्डले एक गोल फर्काएका थिए । एकपक्षीय बनेको खेलको १२ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २१ औं मिनेटमा लेवान्डोस्कीले पुनः पेनाल्टीमै गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए । 

OM Sai Pathibhara Hospital

त्यसको दुई मिनेटपछि लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेका थिए । ब्रायन यतिमै रोकिएन, खेलको ३१ औं मिनेटमा सर्ज जिनाब्रीले गोल गरेपछि बायर्न पहिलो हाफमै ४–० ले अघि रहेको थियो ।

पहिलो हाफमा ४ गोल गरेको बायर्नले दोस्रो हाफमा थप तीन गोल थप्दै फराकिलो जित आत्मसात गरेको थियो । खेलको ५४ औं मिनेटमा थोमस मुलरले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई ५–० ले अघि बढाएको थियो । ७० औं मिनेटमा मौरिट्स काएरगार्डले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याएको थियो । 

८३ औं मिनेटमा थोमस मुलरले व्यक्तिगत दोस्रो र टोलीका लाटि छैटौँ गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ अग्रसर गराएको थियो । ८६ औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई ७–१ को एकपक्षीय सानदार जित दिलाएको थियो ।