बिर्तामोड \ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ( नेशनल प्याब्सन ) को सातौँ केन्द्रीय महाधिवेशनले पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
शिक्षा क्षेत्रमा गत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल लाहान मेरिचिल्ड्रेन एकेडेमीको संस्थापक प्रिन्सिपल तथा सल्लाहकार हुन् ।
बाँकेको नेपालगन्जमा सोमबार सम्पन्न महाधिवेशनबाट सह-अध्यक्षमा सुवास न्यौपाने, उपाध्यक्षमा प्रबोद प्रभाकर रिजाल, यमबहादुर खडका, शम्भु अधिकारी, श्यामसिङ मौनी, जयबहादुर श्रेष्ठ, ब्रजेन्द्र मिश्रा, डम्बर कार्की, तिलक चौहान, सुबोद डाँगी, कमलकुमार सिङ, महासचिवमा पारसमणि दाहाल, उपमहासचिवमा कुसुम रानाभाट, प्रकाश खडका, कोषाध्यक्षमा प्रताप थापा र सह-कोषाध्यक्षमा विक्रम ढुकुछु चयन भएका छन् । 

सुदूरपश्चिमबाट धर्मराज रेग्मी–केन्द्रीय सचिव, सत्येसबहादुर चन्द, दीपक भट्ट, तेजराज खनाल (केन्द्रीय सदस्य) लगायत ५७ जना केन्द्रीय समितिमा चयन भएको जनाइएको छ ।