एजेन्सी / इंग्लिस प्रिमियर लिगको गएराति भएको खेलमा टोटनहमले एभर्टनलाई ५-० गोलको अन्तरमा टोटेनहम हटस्परले सानदार जित निकालेको छ । 

टोटनहमलाई सानदार जित दिलाउनको लागि ह्यारी केनले दुई गोल गरेका थिए भने ह्युङ मीन सन र सर्जियो रिगुइलनले समानए एक/एक गोल गरेका थिए । त्यसैगरी एक गोल भने टोटनहमले उपहार पाएको थियो ।

OM Sai Pathibhara Hospital

खेलको १४ औँ मिनेटमा माइकल किनको आत्मघाती गोलबाट टोटनहमले अग्रता लिएको थियो । १७ औँ मिनेटमा मीन सनले गोल गर्दै टोटनहमको अग्रता दोब्बर बन्यो ।

३७ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनहमलाई ३-० को अग्रता दिलाएका थिए । दोस्रो हाफको शुरुमै सर्जियो रिगुइलनले गोल गर्दै टोटनहमलाई ४-० ले अघि बढाएका थिए । ५५ औं मिनेटमा केनले गोल गर्दै टोटनहमलाई सानदार जित दिलाएका थिए ।

यो जितसँगै टोटेनहम २६ खेलबाट ४५ अङ्क जोडेर सातौँ स्थानमा यथावत रहेको छ । समान अङ्क रहेको वेस्ट ह्याम युनाइटेड छैटौँ स्थानमा रहेको छ । गोल अन्तरमा टोटेनहम अघि भएको हो भने पराजित एभर्टन २२ अङ्क सहित १७ औँ स्थानमा रहेको छ ।