एजेन्सी / स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओले गएराति भएको खेलमा लेभान्टेलाई ३-१ गोल अन्तरले पराजित गर्दै सहज जित निकालेको छ । 

बिल्बाओलाई जित दिलाउनको लागि मिकेल भेस्गा, इनाकी विलियम्स र ओइर जाररागाले समान एक–एक गोल गरेका थिए भने लेभान्टेका जर्ग डि फ्रटोसले एक गोल फर्काए ।

OM Sai Pathibhara Hospital

खेलको ६३ औँ मिनेटमा मिकेल भेस्गाले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए । ७६ औँ मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्वाओको अग्रता दोब्बर पारेका थिए ।

८८ औँ मिनेटमा ओइर जारररागाले पेनाल्टीमा गोल गर्दै बिल्बाओलाई ३-० ले अघि बढाएका थिए । इन्जुरी समयमा जर्ग डि फ्रुटोसले गोल गरे पनि लेभान्टेको हार टर्न सकेन ।

यो जितसँगै बिल्बाओ ४० अङ्क जोडेर आठौं स्थानमा यथावत रहेको छ । पराजित लेभान्टे १८ अङ्कसहित अङ्कतालिकाको पुछारमा रहेको छ ।