काठमाडौँ / राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेल तालिका अखिल नेपाल फुटबल संघ (एन्फा) मा सार्वजनिक भएको छ । आइतबार सार्वजनिक लिगको पहिलो खेलमा साविक विजेता एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच १० चैतमा प्रतिस्पर्धा हुनेछ । 

विभागीय बाहेक लिगमा विराटनगर महानगरपालिका, धनगढी उपमहानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ । गत वर्ष राष्ट्रिय महिला लिगको उपाधि एपीएफ क्लबले जितेको थियो ।

OM Sai Pathibhara Hospital

लिगको पहिलो चरण चितवनको भरतपुरमा हुनेछ भने दोस्रो चरण विराटनगरमा हुनेछ । महिला लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब गरि तीन विभागीय टोलीसहित आठ टिमको सहभागिता रहने छ ।