बिर्तामोड / केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले आगामी वर्ष बिहे गर्ने भएका छन् । उनीहरूले पारिवारिक सहमतिमा बिहे गर्न लागेका हुन् । 

OM Sai Pathibhara Hospital
आगामी वर्ष २०७९ मा विवाह गर्ने निश्चित भएको सृष्टिले बताएकी छिन् । सृष्टिका बुबाआमाले लण्डनबाट नेपाल आएर सौगातलाई पनि भेटेका छन् । 
बुबाआमालाई बिरामी हुँदा सौगातले केयर गरेको र बुबाआमाले पनि आफ्नो रोजाइलाई मन पराएको उनले बताइन् । 
सृष्टि पूर्वमिस नेपाल पनि हुन् । उनले केही नेपाली फिल्ममा अभिनय गरेकी छिन् । 
सौगात थिएटरबाट फिल्म क्षेत्रमा प्रवेश गरेका कलाकार हुन् । ‘लुट’ लगायत उनका दर्जनौँ फिल्म दर्शकले रुचाएका छन् ।