झापा / अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी  बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जङ्गलमा र त्यसपछि पटकपटक जबरजस्ती करणी गरी गर्भपतनसमेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी अमर थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।