काठमाडौं / नायिका पूजा शर्माले आफ्नो प्रेमी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छन् । पल शाह र आकाश श्रेष्ठसँग नाम जोडिदै आएकी पूजाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रेमीको तस्बिर सार्वजनिक गरेकी हुन् ।

पूजाले फेसबुकमा उनको प्रेमीसँगको तस्बिर राख्दै भनेकी छन् –  ‘यू आर द वान लभ’ । त्यसैगरी पछिल्लो समय व्यवसायी समेत रहेका युद्ध बानियाँसँग पूजाको प्रेम सम्बन्धको विषय चर्चामा आएको छ ।

OM Sai Pathibhara Hospital

पूजा र युद्धको प्रेम सम्बन्धबारे एक वर्षदेखि चर्चा चलेको भएपनि औपचारिक रुपमा भने यो विषय सार्वजनिक भएको. थिएन । 

पछिल्लो समय घरमा आफ्नो बिहेको कुरा चल्न थालेपछि पूजाले युद्ध बानियासँगको प्रेम सम्बन्धबारे खुलाएकी हुन् ।

चलचित्र क्षेत्रकै पल र आकाश जस्ता कलाकारसँग नाम जोडिदै आएकी पूजाले भने उनीहरु काम गर्दाका साथीहरू मात्रै हुन् भनेर स्पष्टीकरण दिँदै आएकी थिइन् ।