काठमाडौँ / प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका बीच आइतबार बसेको प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध एघार सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ । 

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव गरेको प्रधानन्यायाधीश जनताविरुद्धको महाअभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले पारित गरेको हो । 

OM Sai Pathibhara Hospital

उक्त समितिमा सांसदहरू एकवाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मिनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाम्फे रहेका छन् ।

नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम् प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६२ बमोजिम ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठनका लागि प्रस्तुत गरिएको प्रस्ताव प्रतिनिधिसभामा बहुमतले पारित भएको सभामुख सापकोटाले घोषणा गरेका हुन् ।

 c