काठमाडौँ / नेकपा माओवादी केन्द्रको आज बस्न लागेको केन्द्रीय कमिटी बैठक भोलिका लागि सारिएको छ । यसअघि बैठक बिहान ११ बजेका लागि तय भएको थियो भने बैठकलाई फेरि २ बजेका लागि सारिएको थियो ।

छलफल अलिक नपुगेको र संसद् बैठक पनि आजै परेको भन्दै आजको बैठक स्थगित गरिएको माओवादी केन्द्रका नेता गणेश शाहले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

शुक्रबार राष्ट्रिय सभागृहबाट सुरु भएको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने तयारी गरिएको थियो । 

भोलि बस्न लागिएको उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी बारे उठेका प्रश्नको जवाफ दिएलगत्तै  बैठकका नियमित कार्यसूचीमा छलफल हुने भएको छ । 

माओवादी केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने एजेण्डा तय गरेको छ भने यसैबीच पूर्व पदाधिकारीको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसिरहेको छ ।