काठमाडौं / त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको लिखित परीक्षा परिमार्जन गरेको छ । आयोगले आज (आइतबार) देखि चैत्र ७ गतेसम्म हुने परीक्षा सारेको हो । ‘लिखित परीक्षा विशेष कारणवश परिमार्जन गरिएको छ,’ सूचनामा उल्लेख गरिएको छ । 

परीक्षा तालिकाअनुसार परिमार्जन गरिएको परीक्षा चैत्र २४ गतेबाट सञ्चालन गरिनेछ ।