काठमाडौँ / संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन पेस गरिने सम्भावित कार्यसूची रहेको छ ।

संसद सचिवायले तयर गरेको कार्यसूची अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त प्रतिवेदन संसदमा पेश गर्नेछन् । संसद बैठकअघि बिहान साढे ११ बजे सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था बैठकमार्फत संसदको सम्भावित कार्यसूची संशोधन समेत हुन सक्छ ।

OM Sai Pathibhara Hospital

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध कायमै राख्ने संकेत देखिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा भने अवरोध नगरेको एमालेले अन्य संसद बैठक भने निरन्तर अवरोध गर्दै आएको छ । सभामुखको राजीनामा या त आफ्नो पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने उसको अडान छ ।