काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता गणेश शेरचनको ७८ वर्षका उमेरमा आइतबार बिहान निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित उनको ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री थिए । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत भएका थिए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक शोक वक्तव्य जारी गरी शेरचनको निधनबाट आफू दुःखी र स्तब्ध भएको बताएका छन्।

OM Sai Pathibhara Hospital