काठमाडौँ / ‘गंगुबाई काठियावाडी’ गत २५ फेबु्रअरीदेखि ४ मार्चसम्म प्रर्दशन हुँदा फिल्मले एक सय करोड भन्दा बढी कमाई गरेको छ ।
यो खबरलाई भन्साली प्रोडक्सन हाउसले सामाजिक सञ्जालमार्फत सेयर गरेको हो । आलिया भट्ट अभिनीत फिल्म ‘गंगूबाई काठियावाडी’ यो वर्ष भरिनै चर्चाको विषयमा रहेको छ । सो फिल्ममा आलियालाई लिनु गलत र आलियाले यस फिल्ममा न्याय दिन सक्दिनन् भनेर उनले निकै आलोचना खेप्नुपरेको थियो ।
त्यस्तै, दोस्रो दिन १४ करोडको कमाई गरेको थियो । यो फिल्मले सिनेमा घरमा मात्रै ३ दिनमा करिब २४ करोड ५ लाख कमाई गरिसकेको छ । १ सय ६५ करोडको लगानीमा बनेको यस फिल्मले करिब १ सय ७५ देखि १ सय ८० करोड कमाई गर्ने अनुमान गरिएको छ ।
तमिल र तेलगू फिल्मलाई प्रतिस्पर्धा गरेर अगाडि बढेको यो फिल्म कोरोना पछिको भव्य कमाई गर्ने फिल्म हो भनेर अनुमान गर्न सकिन्छ । यो फिल्ममा आलिया मुख्य भुमिकामा रहेकी छिन् । साथै अजय देबगन पनि रहेका छन् ।
फिल्म खेल्ने लोभमा शहर आएर बेचिन परेको र महिलाले भोग्न परेको दुःखत कथालाई यस फिल्म मार्फत देखाइएको छ ।
फिल्ममा आलियाको उत्कृष्ट अभिनय भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।