बिर्तामोडविराटनगरस्थित न्युरो हस्पिटलले क्रिकेट महिला खेलाडीहरूलाई पोसाक वितरण गरेको छ । 

OM Sai Pathibhara Hospital
जिल्ला क्रिकेट संघ मोरङको समन्वयमा न्युरोले १४ जना महिला क्रिकेट खेलाडी, टिम कोच र म्यानेजरलाई हस्पिटलका मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्युरो सर्जन डा. यामबहादुर रोकाले पोसाक वितरण गरेका हुन । खेलप्रति अभिरुचि बढाउनुको साथै अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला खेलाडीहरूलाई पोसाक वितरण गरिएको न्युरो अस्पतालले जनाएको छ ।

हस्पिटलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अस्पतालको सेवामा पनि छुट दिएको छ । अस्पतालको स्त्री तथा प्रसूति रोग परामर्श सेवा फागुन १७ देखि चैत १७ सम्म एक महिना निःशुल्क राखेको छ । अस्पतालमा स्त्री रोग तथा प्रसुती रोग विशेषज्ञ प्रोफेसर डा। शैलजा क्षेत्री (श्रेष्ठ) ले सेवा दिदै आएकी छन । अस्पतालले महिना दिनसम्म सम्बन्धित सम्पूर्ण जाँचमा २५ प्रतिशत छुट र महिलालाई सबै सेवामा १० प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ ।