काठमाडौं / इटालियन सिरी”ए’ फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले सालेरनिटानामाथि ५–० को फराकिलो जित निकालेको हो ।

इन्टरका लागि लाउटरो मार्टिनेजले ह्याट्रिक तथा इडेन जेकोले दुई गोल गरे । खेलको २२ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाएका थिए । ४० औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए ।

OM Sai Pathibhara Hospital

५६ औं मिनेटमा मार्टिनेजले ह्याट्रिक पूरा गर्दै इन्टरलाई ३–० ले अघि बढाए । ६४ औं मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई ४–० ले अघि बढाए । त्यसपछि ६९ औं मिनेटमा जेकोले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ५–० को फराकिलो जित दिलाए ।

जितसँगै इन्टर शीर्ष स्थानमा उक्लिएको छ । इन्टरको २७ खेलबाट ५८ अंक पुगेको छ । सालेरनिटाना १५ अंक जोडेर पुछारमा रहेको छ ।