काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । राष्ट्रिय सभा गृहमा १२ बजेदेखि बस्ने बैठक यहि फागुन २२ गतेसम्म चल्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

एमसीसीलाई लिएर पार्टीभित्र तीव्र विवाद बढिरहेको बेला बैठक बस्न लागेको हो । कार्यालय सचिव ढकालका अनुसार केन्द्रीय समिति बैठक २० गतेदेखि २२ गतेसम्म बोलाइएको र केही दिन लम्बिन सक्नेछ ।

OM Sai Pathibhara Hospital

आज बस्ने बैठकमा एमसीसी अनुमोदन, स्थानीय निर्वाचन, संगठन सुदृढीकरण र परिचालन तथा समसायिक विषय अजेण्डा हुन सक्ने उनको भनाइ छ । संसदबाट एमसीसी अनुमोदन भएपछि पार्टिभित्र मतभेद देखिएको छ । सम्भवतः यस विषयमा पनि आजको बैठकमा छलफल हुन सक्ने बुझिन्छ ।