काठमाडौं / नेपाली कांग्रेस पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा जारी छ । बैठक कांग्रेसको भ्रातृ संस्थाको विधान टुंग्याउनको लागि बसेको हो । पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् । 

पदाधिकारीको बैठकले हालसम्म दलित संघको विधान टुंग्याएको छ । बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधानबारे छलफल भइरहेको महामन्त्री विश्‍वप्रकाश शर्माको भनाई छ ।

बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा उपस्थित रहेका छन् भने सह-महामन्त्री उमाकान्त चौधरी उपस्थित छैनन् ।