काठमाडौं / एमसीसी सम्झौता अनुमोदन भएको ४ दिनपछि सत्ता गठबन्धनको बैठक आज बिहिबार बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कांग्रेस, माओवादी, समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरु सहभागी हुँदैछन् । राष्ट्रिय जनमोर्चा भने सत्ता गठबन्धनबाट बाहिरिईसकेको छ । एमसीसी अनुमोदन भईसकेकाले अब स्थानीय तह निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल गर्न वैठक बोलाईएको हो ।

OM Sai Pathibhara Hospital

बुधबार प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालसँग छुट्टा-छुट्टै छलफल गरेका थिए ।