काठमाडौं / गत सोमबार प्रतिनिधिसभा संसद् भवन अगाडि नक्कली प्रेसरकुकर बम राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका-२ का सुवास महत रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । महतलाई महाशाखाको टोलीले मंगलबार राति काठमाडौंबाट पक्राउ गरेको हो ।
घटनामा संलग्न अर्का एक जनालाई प्रहरीले खोजी गरिरहेको पनि जनाइएको छ । महत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अन्तर्गत पशुपति बहुमुखी क्याम्पस इकाई अध्यक्ष रहेको खुलेको प्रहरीको भनाइ छ ।

OM Sai Pathibhara Hospital