काठमाडौं / नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्दै छ ।  पदाधिकारीको अनौपचारिक बैठक बस्न लागेको पार्टी कार्यालय सचिव केशव रिजालले जानकारी दिए । बैठकमा पार्टीका भातृ संघको विधान माथि छलफल गरेर पारित गरिने छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकले पास गरेको संघको विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ ।