काठमाडौं / नायिका रेखा थापा सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा १४ जना मनोनीत भएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सो जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रेखा थापा काठमाडौं, लक्ष्मी तण्डुकार काठमाडौं, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, लिलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, साबित्रा थापा काठमाडौं र जयाकुमारी महतो सप्तरी रहेका छन् ।