काठमाडौँ / प्रतिनिध सभा बैठक आज (बुधवार) दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ। एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । 

गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो । संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने लगायतका सम्भावित कार्यसूची रहेका छन् ।