बिर्तामोड / आज देशभर थप १ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ४ जनामा गरिएको परीक्षणमा १ सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३८ पुगेको छ । सोही समयमा संक्रमित ३ सय ५४ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५७ हजार १ सय ६७ पुगेको छ । अहिलेसम्म कोरोनाबाट ९ लाख ७७ हजार ७६ जना संक्रमित बनेका छन् ।

OM Sai Pathibhara Hospital

देशभर ७ हजार ९ सय ७१ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ जना भेन्टिलेटरमा र ७५ जनाको आईसीयूमा उपचार भइरहेको छ ।