काठमाडौं / अभिनेत्री रेखा थापाले अभिनेता पल शाहको विवादमा आफ्नो धारणा सार्वजनिक गरेकी छन् । उनले बालिकाहरूले सुरक्षा र अभिभावकत्व पाउनुपर्ने र कानुनलाई नैतिकताका कुराको मतलब हुन नहुने कुरा बताएकी हुन् । 

मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, २० वर्षमुनिका छोरीहरू बालिका हुन् । कानुनतः बालिका सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्छन् ।

OM Sai Pathibhara Hospital

समाजको भूमिका भनेको उनीहरूलाई संरक्षण गर्ने रहेको भन्दै उनले लेखेकी छन्, कोसँग लभ छ कति पटक यौन सम्पर्क भयो र यस्ता कुरा कानुनलाई मतलब हुनु हुँदैन ।

साथै नेपाली समाजमा महिलाहरूलाई नैतिक मापदण्डले बाँध्ने र चरित्रमा हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा व्याप्त रहेको उनको भनाइ छ ।