काठमाडौं / नेकपा (एकीकृत समाजवादी)ले एमसीसीसँगै अनुमोदन गरिएको व्याख्यात्मक घोषणाले देशलाई अप्ठ्यारो अवस्थामा पु¥याउबाट रोकिएको दाबी गरेको छ ।

मंगलबार नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा जारी प्रेस नोटमा आफ्नो पार्टीले व्याख्यात्मक घोषणासहितको अनुमोदन गर्न पहल नगरेको खण्डमा जस्ताको तस्तै पारित हुने खतरा रहेको बताइएको छ ।

OM Sai Pathibhara Hospital

‘यदि हामीले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन हुने खतरा थियो र त्यसले देशलाई अप्ठ्यारो अवस्थामा पुर्याउन सक्दथ्यो,’ प्रेसनोटमा भनिएको छ, ‘त्यसो हुनबाट रोकिएको छ, यसलाई हाम्रो पार्टीले लिएको अडान र सचेतना अभियानको सफलताको रूपमा लिनुपर्दछ ।’

1

2

3