काठमाडौं  / निर्वाचन आयोगले आउँदो वैशाख १० गतेसम्म लक्षित नागरिकलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई अनुरोध गरेको छ ।

आयोगले वैशाख १० गतेसम्म कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णय गरेको हो । कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको पूर्वतयारी तथा निर्वाचनका क्रममा जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि आयोगले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कानुसार नेपालमा हिजोसम्म कुल जनसंख्याको ७३।९ प्रतिशतले पहिलो डोज र ५९।९ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।