बिर्तामोड / अब टिकटकमा १० मिनेट सम्मको भिडियो अपलोड गर्न सकिने भएको छ । पछिल्लो समय ५ मिनेट बनाएको टिकटकले समयलाई लम्बाएर १० मिनेट बनाउन लागेको हो ।

सुरुवातको समयमा १५ सेकेन्डबाट सुरु गरेको टिकटकले यसको समय बढाउँदै १० मिनेट बनाएको छ । १० मिनेट सम्म अपलोड गर्न मिल्ने बनाएको कतिपय प्रयोगकर्ताको लागि नोटिफिकेसन प्राप्त भैसककेकोभर्जुले जनाएको छ । १० मिनेट भिडियोको लेन्थ लम्बिएपछि यसले विश्वभरका क्रिएटरका लागि अझ बढी रचनात्मक भिडियो अपलोड हुने टिकटकले जनाएको छ । टिकटकले भिडियोको लम्बाइ क्रमश बढाउँदै लगेपछि यसले अर्को गुगल स्वामित्वमा रहेको युट्युबलाई यसले चुनौती दिएको छ ।