बिर्तामोड / जनता समाजवादी पार्टीका झापा जिल्लाका सचिव पुष्प पौडेलले पार्टी त्याग गरेका छन् । एमसीसी पास गराउन भूमिका खेलेको भन्दै आफ्नै पार्टी र शीर्ष नेतासँग असन्तुष्ट भई जसपाका झापा जिल्ला सचिव पौडेलले पार्टी त्याग गरेका हुन ।

सत्ता गठबन्धनमा सामेल जसपा समेतको समर्थनमा प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसीको सम्झौता आइतबार राति पास भएको थियो ।

OM Sai Pathibhara Hospital

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पौडेलले पार्टीको साधारण सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन् ।

अबोप्रान्त स्वतन्त्र सामाजिक भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरेका उनले डा। भट्टराईलाई देशको आदर्श मानेर विगतमा नयाँ शक्ति पार्टी स्थापना हुँदादेखि नै साथमा रहेर काम गरेकोमा आत्मालोचना गरेका छन् ।

विगतमा पार्टीमा रहँदा भए गरेका सांगठनिक गतिविधिबाट देश र समाजमा पर्न गएको क्षतिप्रति उनले क्षमा मागेका छन् ।