बिर्तामोड / आज देशभर थप १सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३ सय ४१ जनामा कोरोना परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९३६ पुगेको छ । नेपालमा हाल ८२३५ जना सक्रिय संक्रमित रहेका छन् ।