काठमाडौं  / कमल थापा नेतृत्वको राप्रपा नेपालले पार्टीलाई विभिन्न जिल्लामा जिल्ला कार्यसमिति गठन गरीरहेको छ । सोही क्रममा चार जिल्लामा जिल्ला अध्यक्ष छनोटसँगै जिल्ला कार्यसमिति गठन गरेको छ ।

जसअनुसार उदयपुरमा लल्कुकुमार चौधरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । राप्रपा नेपाल समर्थितहरूको भेलाद्वारा गठित सो समितिको उपाध्यक्षमा जगतबहादुर राउत, कोषाध्यक्षमा लीलामाया कार्की तथा सदस्यहरूमा कृष्णगोपाल थापा, खड्गबहादुर खड्का, लखन चौधरी, गंगादेवी बिक, गणेश बिक, मखे दमाइँ, रमेश चौधरी, तारबहादुर खत्री, रामु चौधरी, टीका फुयाल, चामु खतिवडा र टीका घले रहेका छन् । यस्तै वरिष्ठ सल्लाहकारमा नवराज पोखरेल चयन भएका छन् ।

OM Sai Pathibhara Hospital

यस्तै पर्वतमा हेम शर्मा पौडेलको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ । नवगठित समितिका सदस्यहरूमा धर्मकुमार गुरुङ, ठाकुरप्रसाद भुसाल, शेरबहादुर क्षेत्री, धनबहादुर अखेली, मनोजकुमार शर्मा, भीमबहादुर गुरुङ, गंगाबहादुर गुरुङ, मनबहादुर पुन, स्वस्तिका पौडेल, सुजिता पौडेल, कुलबहादुर कँडेल, जयलाल सुवेदी, विष्णु शर्मा, चेतनाथ रिजाल, प्रशान्त गुरुङ र चन्द्रबहादुर क्षेत्री रहेका छन् ।

यसैगरी कपिलवस्तुमा पनि राप्रपा नेपालको जिल्ला कार्यसमिति गठन भएको छ । कपिलवस्तुमा रमाकन्त चौधरीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति गठन भएको छ ।

त्यसैगरी बझाङ जिल्लामा राप्रपा नेपालको जिल्ला संयोजकको जिम्मेवारी किशोरकुमार भण्डारीले पाएका छन् ।

विभिन्न जिल्लाबाट जिल्ला कार्यसमिति गठनका नामावलीहरु धमाधम प्राप्त भइरहेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।