काठमाडौं /  किशोरीलाई करणी गरेको अभियोग लागेका अभियुक्त नायक पल शाह सम्पर्कमा आएसँगै सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला अदालत तनहुँले सात दिन हिरासतमा राख्‍न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

शाहविरुद्ध यसअघि बुधवार तनहुँ जिल्ला प्रहरीमा जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता भएको थियो । उजुरी दर्ता भएपछि फरार रहेका शाह आज बिहानमात्र प्रहरीको नियन्त्रणमा आएका हुन् । नियन्त्रणमा आएपछि प्रहरीले थप अनुसन्धान थालेको छ । त्यही क्रममा अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति पाएको हो।

आज मात्रै शाह विरुद्ध पूर्वी नवलपरासी गैँडाकोटमा पनि जबर्जस्ती करणीको उजुरी परेको छ । आज बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैंडाकोट पुगेर उजुरी दर्ता गराएका हुन् ।