काठमाडौँ  / जबरजस्ती करणीको आरोप लागेका नायक पल शाहलेआज प्रहरी कार्यालयमा आफैँ उपस्थित हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले प्रहरीसामु आफैँ उपस्थित हुने जानकारी गराएका हुन् ।

गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शनमा आएको आफू अभिनीत चलचित्र  ‘म यस्तो गीत गाउँछु २’ लाई असर नपरोस् भनी अहिलेसम्म प्रहरी कार्यालयमा उपस्थित हुन नसकेको भन्दै माफीसमेत मागेका छन् ।

आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको उनले बताएका छन्। ‘नेपालको कानुनलाई सम्मान गर्दै प्रहरीसामु म आफैँ आज उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु,’ शाहले लेखेका छन् ।